Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

बीमा कम्पनीहरूको व्यवसाय करिब १९ प्रतिशतले बढ्यो

बीमा कम्पनीहरूको व्यवसाय करिब १९ प्रतिशतले बढ्यो

काठमाडौं, १६ पुस । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालमा बीमा कमपनीहरूको व्यवसाय करिब १९ प्रतिशत भन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन समग्रमा १८.८७ प्रतिशतले वृद्धि भएको बीमा समितिको तथ्यांक छ ।

समीक्षा अवधिमा जीवन बीमालेख २८ प्रतिशत र वैदेशिक रोजगार बीमालेख २२.२७ प्रतिशतले बढेको छ । यस्तै निर्जीवन बीमालेख भने ३.१५ प्रतिशतले मात्र वृद्धि भएको छ ।

सो अवधिमा जीवन बीमाशुल्क संकलन १६.७८ प्रतशतले बढेर ५७ अर्ब ७९ करोड रुपैयाँ नाघेको छ भने निर्जीवन बीमाशुल्क संकलनमा २७.३९ प्रतिशतले बढेर १५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार समेतको गरी बीमाको पहुँच पुगेको जनसंख्या २८.०१ प्रतिशत रहेको समितिको तथ्यांकले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x