Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

चार महिनामै करिब २ लाख मेट्रिक टन मकैको बीउ आयात

चार महिनामै करिब २ लाख मेट्रिक टन मकैको बीउ आयात

काठमाडौं, १६ पुस । कृषिवस्तुमा मुलुकको परनिर्भरता चुलिँदै गएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका १ लाख ९६ हजार ४५ मेट्रिक टन मकैको बीउ आयात भएको छ ।

मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् । एक हजार किलोग्राम बराबर एक टन हुन्छ । केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्यांक छ । तीन तहका सरकारबीच समन्वय हुन नसक्दा मकैको बीउमा बीउमा परनिर्भरता बढ्दै जान थालेको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट ६ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएको छ । त्यसमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x