Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गौतम बुद्ध विमानस्थलमा एक महिनामै फ्लाइट

गौतम बुद्ध विमानस्थलमा एक महिनामै फ्लाइट

काठमाडौ, १६ पुस । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट एक महिनामै हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जनवरीभित्रै क्यालिब्रेशन फ्लाइट हुने जानकारी दिएका हुन् ।


प्राधिकरणको २३औं वार्षिकोत्सवका अवसरमा उनले एरो थाइसँग क्यालिब्रेशनका फ्लाइट एक महिनाभित्रै गर्न सहमति भइसकेको बताए ।


उनले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउनका लागि आवश्यक क्यालिब्रेशन फ्लाइटको काम सकिएपछि अरु प्रक्रिया अघि बढ्ने उल्लेख गरे ।


भैरहवास्थित गौतम बुद्ध विमानस्थलको काम ९८ प्रतिशत सकिए पनि क्यालिब्रेशन फ्लाइट नहुँदा अरु प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x