Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

मुलुकमै मल कारखाना निर्माणका लागि बोर्डमा प्रस्ताव दर्ता, १ खर्ब २५ अर्ब लागत अनुमान

मुलुकमै मल कारखाना निर्माणका लागि बोर्डमा प्रस्ताव दर्ता, १ खर्ब २५ अर्ब लागत अनुमान

काठमाडौं, २३ पुस । नेपालमा सिजनमा किसानले रासायनिक मलको चरम अभाव खेप्नुपरिरहेकोमा मुलुकमै मल कारखाना निर्माणका लागि गृहकार्य अघि बढाइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बताएको छ । विद्युत्मा आधारित रासायनिक मल फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको कृषिमन्त्री महिन्द्र राय यादवले बताएका हुन् । ्

‘विद्युत्मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको छ,’ उनले भने, ‘यसका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक देखिएका छन् ।’ यस्तै मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै मन्त्री यादवले करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x