Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

एनएमबि बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न

एनएमबि बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २३ पुस । एनएमबि बैंकको २६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

वार्षिक साधारण सभाद्वारा आव।२०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३।३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ । साधारणसभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु. १८ अर्ब ३६ करोड पुग्नेछ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x