Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आईएमई बैंकले किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा दिने

ग्लोबल आईएमई बैंकले किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा दिने

काठमाडौं, २३ पुस । ग्लोबल आईएमई बैंकले खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक किसानलाई कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा दिने भएको छ । बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि कर्जा उपलव्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी तथा नगरपालिका उपमेयर विणादेवी राई र इन्फीकेयरका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरे । सम्झौतासँगै नगरको सिफारिसमा किसानलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराइने छ ।

नगरपालिका र इनोभेटिभ सोलुसनले किसान पहिचान गरी उनीहरुलाई आवश्यक तालिम प्रदान गर्नेछन् । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यबस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयरले गर्नेछ । अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ ९संशोधन समेत० अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकका देशभर २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ सेवा संचालनमा छन् । २७ लाख भन्दा बढी ग्राहकले सेवा लिइरहेको बैंकको दावी छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x