Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टानको अध्यक्षमा बास्तोलाको उम्मेद्धवारी

टानको अध्यक्षमा बास्तोलाको उम्मेद्धवारी

काठमाडौँ, २३ पुस । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने भएका छन् ।

पर्यटन व्यवसायी टानको पूर्व उपाध्यक्ष समेत हुन् । आगामी माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय ईतिहास बोकेको टानलाई अझै शशक्त व्यवसायीक संस्थाको रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

“नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन हो, कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई नै पुर्नउत्थान गर्न टानको प्रमुख भूमिका हुने भएकाले मैले टानको नेतृत्व गर्न चाहेको हो,” उनले भने, टानमा देशभरका दुई हजारभन्दा बढी व्यवसायीहरु आवद्ध छन् ।

को हुन् निलहरि बाँस्तोला ?

विस २०३५ पुस २९ गते सगरमाथाको काख सोलुखुम्बु नेचा सल्यान गाउँपालिकामा जन्मिएका बाँस्तोला जन्मदेखि नै पर्यटकीय गतिविधिमा परिचित थिए । १६ वर्षको कलिलो उमेरदेखि पर्यटकीय गतिविधिमा सामेल हुनुभएका बाँस्तोला विस २०५२ सालदेखि भने पूर्ण रुपमा पर्यटन व्यवसायमा आवद्ध भए ।

विस २०५८ सालदेखि एशियन हेरिटेज कम्पनीमार्फत सक्रिय बाँस्तोलाको हाल एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । यस्तै, उनि एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

उनले सन् २००२ मा टानको साधारण सदस्य लिए । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गरेका छन् ।

टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा रहेर नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको अनुभव बाँस्तोलासँग छ ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x