हिमालयन बैंकको साधारणसभा सम्पन्न
काठमाडौं, ३० पुस । हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न सभाले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर ४.६२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
हाल बैंकको चुक्तापूँजी रहेको छ । उक्त बोनस शेयर वितरणपछि यो १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँभन्दा बढी पुग्नेछ । बैंकले चालू आर्थिक वर्षमा ६ वटा शाखा सञ्जाल बढाउँदै छ ।
यसका साथै हिमालयन बंैक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताब भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने छ ।
उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेको बैंकले जनाएको छ ।