Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

ग्यासको आयात बढ्दा निगमलाई थप आर्थिक भार, एक सिलिण्डरमै ६ सय ४६ रुपैयाँ घाटा

ग्यासको आयात बढ्दा निगमलाई थप आर्थिक भार, एक सिलिण्डरमै ६ सय ४६ रुपैयाँ घाटा

काठमाडौं,१२ माघ । सन् २०२१ मा ५ लाख १६ हजार ६ सय ३८ मेट्रिक टन खाना पकाउने ग्याँस आयात भएको छ । कुल वार्षिक खपतमा पनि अघिल्लो वर्षको तुलनामा त्यस वर्ष ७३ हजार ४ सय मेट्रिक टनले बढी हो ।

निगमलाई पेट्रोल र डिजलले भन्दा पनि ग्यासबाट धेरै घाटा छ । निगमलाई एक महिनामा मात्रै २ अर्ब ३० करोड बराबर घाटा लागेको छ।

निगमले प्रति सिलिण्डर ग्याँस २२ सय २१ रुपैयाँ १६ पैसा खर्च गर्छ भने उपभोक्ता मूल्य १५ सय ७५ रुपैयाँ मात्र छ । एक सिलिण्डर ग्याँसमै निगमलाई ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा भइरहेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ग्यासको आयात बढ्दै जाँदा निगमलाई थप आर्थिक भार थोपरिँदै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x