Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यी हुन् विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने १० मुलुक

यी हुन् विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने १० मुलुक

काठमाडाैं,१२ माघ । विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क, फिडल्यान्ड र न्युजिल्यान्ड दर्ज भएका छन् । संसारभर भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को अध्ययनले यी तीन मुलुक विश्वमै सुशासनयुक्त पाइएको छ ।

ट्रान्सपरेन्सीले सन् २०२१ मा विश्वका १८० मुलुकको अध्ययन गरेको थियो । त्यसमा समान ८८ अंक पाएर डेनमार्क, फिडल्यान्ड र न्युजिल्यान्ड पहिलो नम्बरमा परेका छन् । यस्तै कम भ्रष्टाचार हुने मुलुकको चौथो नम्बरमा नर्वे, सिंगापुर र स्विडेन परेका छन् । ती मुलुकले समान ८५/८५ अंक पाएका छन् ।

यस्तै ८४ अंकका साथ स्विट्जरल्यान्ड सातौं, ८२ अंकका साथ नेदरल्याण्ड आठौं, लक्जेम्बर ८१ अंकका साथ नवौ र जर्मनी ८० अंकका साथ १० औं कम भ्रष्ट मुलुकमा परेका छन् ।

यो वर्ष नेपाल भने ३३ अंक प्राप्त गर्दै ११७ औं सूचीमा परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x