Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्सेमा लगातार गिरावट

नेप्सेमा लगातार गिरावट

काठमाडौं, १२ पुस । पछिल्लो समय लगातार शेयर बजार कारोबारमा ओरालो लागेको छ । बजार परिसुचक ३८.४५ अंकले ओरालो लागेर २७७६.६१ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३७ प्रतिशतले कम हो ।


बुधबार कारोबार भएका १३ कम्पनी समुहका सबै उपसुचकमा हस आएकाले शेयर बजार ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।


कूल २३३ कम्पनीका ६१ हजार ४ कारोबारबाट ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरका ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x