Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

नेप्सेमा गिरावट साना लगानीकर्तामा त्राहिमाम

नेप्सेमा गिरावट साना लगानीकर्तामा त्राहिमाम

काठमाडौं, ११ माघ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेश्रो दिन मंगलबार घटेको छ । शेयर बजार ५.९२ अंकले घटेर २८११४.७४ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

शेयर बजारमा १ महिनाको वृद्धिपछि पुनः घट्न थालेको देखिएको छ । यद्यपी शेयर लगानीकर्ता एंव शेयर विश्लेषक नवराज अधिकारीले अहिले घटेको केही सन्तुलन मात्रै रहेको बताएका छन् ।

गत पुस ५ गते यता हालसम्म शेयर बजारमा केही दिन घट्ने बाहेक लगातार बढेको थियो । सोमबार १०० अंकले घटेको बजार मंगलबार पनि ५.९२ अंकले घटेको छ । गत पुस ५ गते २३५८ को बिन्दुमा रहेको नेप्से परिसूचक झन्डै ५६२ अंकले वृद्धि भएर माघ ९ गतेको कारोबारसम्म २९२० को बिन्दुमा पुगेको थियो ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको थियो ।
मंगलबार कूल २२९ कम्पनीको ७२ हजार ४ सय १ कारोबारबाट ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँ बराबरका ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x