Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

स्थापनाको १४ वर्षमा ई–सेवा

स्थापनाको १४ वर्षमा ई–सेवा

काठमाडौं, ११ माघ । नेपाली विद्युतीय भुक्तानी सेवा क्षेत्रको अग्रणी पायोनियर कम्पनी ई–सेवा १४ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा सफ्टवेयर डेभलपर कम्पनी एफवान सफ्टले मोबाइल एपमार्फत सहज रुपमा पैसाको कारोबार गर्न सार्वजनिक गरेको ई–सेवा आजको दिनमा देशकै विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी बनिसकेको छ ।

एफवान सफ्टको १३ ओटा सफ्टवेयर प्रोडक्टमध्येको एकको रुपमा रहेको भुक्तानी सेवाप्रदायक ई–सेवा २०१२ पछि मातृ कम्पनीसँग छुट्टिएर भिन्दै कम्पनीको रुपमा सेवा दिँदै आइरहेको छ ।

स्थापनाको १३ वर्ष पार गर्दै गर्दा आजको दिनमा नेपालको सिंगो विद्युतीय भुक्तानी उद्योगमा ई–सेवाले एक्लैले ८० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार हाल ५० हजार नागरिकले ई–सेवाको सेवा प्रयोग गर्छन् । जसमा ईसेवामार्फत दैनिक ५ लाखवटा भुक्तानी कारोबार हुने गरेको छ ।

हाल ई–सेवामा ५१ ओटा बैंक र ३ सयभन्दा धेरै सहकारी आबद्ध छन् । ई–सेवामा हाल ३ सय ५० कर्मचारी कार्यरत छन् भने देशभर उसको १ लाख ३० हजार एजेन्टहरु परिचालित छन् ।

देशकै अग्रणी सफ्टवेयर कम्पनी एफवान सफ्टको १३ कम्पनीमध्ये आजको दिनमा ई–सेवा सार्वजनिक वृत्तमा सबैभन्दा धेरै रुचाइएको, चिनिएको तथा सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x