Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सुन तोलामा ५०० बढ्दा चाँदी १५ रुपैयाँ घट्यो

काठमाडौं, ११ माघ । एक महिनाको उतारचढावपछि सुन फेरि तोलाको ९४ हजार रुपैयाँ भएको छ । यसअघि गत पुस २ मा तोलाको ९४ हजार रुपैयाँ भएको थियो ।

सोमबारका तुलनामा मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुस २ पछि क्रमिक घटबढ भइरहँदा पनि फेरि उक्त मूल्यमा आइपुगेको थिएन । अन्तर्राष्ट्रिय बजारमा कारोबारमा आएको सुधारसँगै सुनको मुल्य बढेको हो ।

साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर थियो । गत शुक्रबारका तुलनामा आइतबार सुन ३ सय र चाँदी १० रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको थियो । आइतबार सुन प्रतितोला ९३ हजार ५ सय र चाँदी १३ सय १५ भएको थियो ।

सोमबार उक्त मूल्यमा घटबढ भएको थिएन । गत शुक्रबार सुन प्रतितोला ९३ हजार ८ सय र बिहीबार ९३ हजार ७ सय थियो ।

चाँदीको कारोबार मूल्यमा भने मंगलबार गिरावट छ । सोमबारका तुलनामा १५ रुपैयाँ घटेर १३ सय रुपैयाँ प्रतितोला भएको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १३ सय २५ रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा क्रमिक सुधार आएको सुनचाँदीको कारोबारमा फराकिलो अन्तर देखिएको छ । सुनको भाउ बढेको छ, चाँदीको घटेको छ । सोमबार प्रतिऔंस १८३७.८८ डलर रहेको सुनको कारोबार मूल्यमा सुधार हुँदै मंगलबार प्रतिऔंस १८४२.३९ डलर भएको छ। यसअघि गत शुक्रबार प्रतिऔंस १८४०.६३ डलर थियो ।

यस्तै चाँदीको मूल्यमा उतारचढाव छ । सोमबार २४.१५ डलरमा कारोबार भएको चाँदी मंगलबार केही घट्दै २३.८३ डलर भएको छ । गत शुक्रबार प्रतिऔंस २४.४५ डलर थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x