Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

अर्थशास्त्रीहरुले कोर्सलाई सफल बनाउन योगदान गर्ने: वाग्ले

अर्थशास्त्रीहरुले कोर्सलाई सफल बनाउन योगदान गर्ने: वाग्ले

कााठमाण्डौं, १५ माघ । काठमाण्डौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अहिले मास्टर्स इन बिजनेश एण्ड एकोनोमिक्समा विद्यार्थी भर्ना लिइरहेको छ ।

सो कोर्सको बारेमा हामीले काठमाण्डौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट कुसुमका प्रोफेसर तथा एशोसिएट डीन अच्युत वाग्लेसंग कुराकानी गरेका छौं ।

मास्टर्स इन बिजनेश एण्ड एकोनोमिक्स कस्तो कोर्स हो ?


अन्तराष्ट्रिय रुपमा संसारका सबै राम्रा विश्वविद्यालयले विभिन्न तहमा चलाइरहेको कोर्स हो ।
यो कोर्सको औचित्य अर्थशास्त्र मुख्यगरी तथ्य तथ्यांक र विश्लेषण्मा मात्र केन्द्रीत हुने भएकाले व्यवहारिक प्रयोग नभएर व्यवसायले लाभ नपाउने र व्यवसायमा पर्याप्त तथ्य तथ्यांक विश्लेषण गरेर निर्णय लिने जनशक्ति उत्पान नभएकाले यो कोसं ल्याइएको हो ।

तथ्य तथ्यांकको विश्लेषणका आधारमा निर्णय लिने र विश्व स्तरीय कोर्स पढाई हुने विश्वविद्यालय नभएकाले पनि कुसुमले शुरुवात गरेको हो ।

कस्ता जनशक्ति उत्पादन हुन्छन् ?
विजनश स्कुल, म्यानेजमेन्ट स्कुलको हिसावले मानव स्रोत व्यवस्थापन, बजार व्यवस्थापन लगायत नियमित कोर्सको अंश भए पनि तर ती कोर्सहरु सिद्धान्त पढाउने र निबन्ध लेखनमा सीमित रह“दैन ।

५ वटा १५ क्रेडिटको कोर्समा ५ सय पूर्णाङकमा चार सेमेस्टरको कोर्समा तथ्यांक विश्लेषण, गणितिय विश्लेषणका कोर्सहरु राखिएका छन् । अनुसन्धानको आधारमा निर्णय लिने सक्ने अन्तराष्ट्रिय अभ्यासलाई आफ्नो करियरमा लागु गर्न सक्ने विद्यार्थी उत्पादन हुन्छ ।

यो कोर्समा रािखएका विषय नेपालमा छन् कि छैनन् ?


विदेशी विश्वविद्यालयमा पढेर आएका सबै अर्थशास्त्रीसंग छलफल गरेर विषयहरु राखिएका छन् । संसारका राम्रा नाम कहलिएका विश्वविद्यालयबाट पढेर आएका अर्थशास्त्रीहरुले कोर्सलाई सफल बनाउन योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा अहिले पढाई भइरहेको मास्टर्स इन म्यानेजमेन्ट, इकोनोमिक्स भन्दा यो कोर्समा के फरक छ ?


छुट्टाछुट्टै इकोनोमिक्स पढाउ“दा र छुट्टाछुट्टै व्यवसायिक कोर्स पढाउदा ग्याप रहेको देखियो । संसार भरको अनुभव हो ।
संसारका सबै ठूला बैंकमा चिफ इकोनामिस्ट भन्ने पद हुन्छ । हामी कहा“ भने बैंकमा काम गर्न जाने अर्थशास्त्र पढ्ने भन्दा व्यवस्थापन पढ्नेको प्राथमिकता भएको देखियो ।
काम गर्न गइसकेपछि अर्थशास्त्र नभइ नहुने रहेछ भनेर फेरि अर्थशास्त्र पढ्न थाल्ने र अर्थशास्त्र पढेकाले मानव स्रोत व्यवस्थापन, मार्केटिङ, ब्राण्डिलगायत विषयमा नै अलमलिएको देखिएको छ । दुबैको असल समिश्रण राखेर कोर्स डिजाइन गरेका छौं ।

उत्पादित जनशक्तिबाट के अपेक्षा राख्नुहुन्छ ?
यसबाट उत्पादित जनशक्तिले भोलि गएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका बैंंक, बित्तिय संस्था, उद्योग तथा व्यवसाय र ब्यापारिक निकायलाई आर्थिक निर्णयमा पनि निर्णायक हुने अपेक्षा छ ।

साथै सो जनशक्ति भोलिको आर्थिक नीति निर्माणमा निर्णायक हुने अपेक्षा गरिएको छ । अन्तराष्ट्रिय गुणस्तरको विद्यार्थी उत्पादन गर्ने मुख्य जोड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x