Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भारतीय बजेटका कार्यक्रम आर्थिक चुनौतीहरू सामना गर्न सक्षम रहेको दाबी

भारतीय बजेटका कार्यक्रम आर्थिक चुनौतीहरू सामना गर्न सक्षम रहेको दाबी

नयाँदिल्ली, १९ माघ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले लोकसभामा मंगलवार भारतको सन् २०२२—२३ को बजेट भाषण प्रस्तुत गरेकी छिन् । बजेट भाषणमार्फत अर्थमन्त्री सीतारमणले विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेकी छिन् ।

बजेटमार्फत सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उनले दाबी गरेकी छिन् । अर्थमन्त्री सीतारमणले आगामी चुनौतीहरू सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गरिन् ।

भारतले सार्वजनिक लगानी बढाउदै आधुनिक भौतिक संरचनाहरू निर्माणका लागि कार्यक्रमहरू केन्द्रित गरेको उनको भनाइ थियो । आगामी वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र ‘प्रधानमन्त्री गति शक्ति’ कार्यक्रम रहेको पनि उनले जानकारी दिइन् ।
गति शक्ति कार्यक्रम अन्तर्गत सडक, रेलमार्ग, विमानस्थल, बन्दरगाह, ढुवानी मार्ग, जलमार्ग लगायतको विकास, निर्माण र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ । भारतको संघीय सरकारको मन्त्रिपरिषद्ले मंगलबार नै बजेट प्रस्ताव पारित गर्दै संघीय संसद्मा पेश गर्ने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x