Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अन्तर्राष्ट्रिय उडानमा परीक्षणको अनिवार्यता हटाउन वायुसेवा संघको माग

अन्तर्राष्ट्रिय उडानमा परीक्षणको अनिवार्यता हटाउन वायुसेवा संघको माग

काठमाडौं, ७ फागुन । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तर्राष्ट्रिय हवाई उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम हटाउन माग गरेको छ ।

कोभिड महामारीको संक्रमण दर घटेको र जोखिम कम रहेको भन्दै संघले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघको दाबी छ ।

‘छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले हवाईयात्राका लागि पीसीआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पीसीआर परीक्षण र सीसीएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाई पर्यटन उद्योगलाई राहत प्रदान गर्न संघ सरकार समक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्योल र अनिश्चिततामा रुमल्लिएको छ। झण्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएकाले यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको संघले औँल्याएको छ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x