Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

रुस-युक्रेन द्वन्द्व : विश्व शेयर बजार, सुन र तेलको मूल्यमा उच्च गिरावट

रुस-युक्रेन द्वन्द्व : विश्व शेयर बजार, सुन र तेलको मूल्यमा उच्च गिरावट

काठमाडौं, १३ फागुन । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको छ । युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य बढेको छ भने विश्व शेयर बजारमा गिरावट आएको छ।

कच्चा तेल मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ। युक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न युरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएको छ। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य पनि बढेको छ। सोही कारण नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ ।

छापावाला सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीबार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *