Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटन ब्राण्ड एम्बेस्डर निर्मल

पर्यटन ब्राण्ड एम्बेस्डर निर्मल

काटमाडौं, १२ फागुन । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पूर्जालाई पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बनाएको छ ।


बिहिबार मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममाा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आरोही पूर्जालाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ‘दी ग्लोबल गुड वील एम्बेस्टर फर नेल्लिज टुरिजम’ ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।


पूर्जाले सन् २०१८ मा ४८ घण्टामा सगरमाथा हिमाल सहित ३ वटामा अवतरण गरेर विश्व रेकर्ड कायम गरेका हुन् । जसबाट ऊनी बेलायतको सरकारद्धारा सम्मानित समेत हुने भएका छन् ।


म्याग्दीमा ३८ वर्ष अघि जन्मिएका पूर्जाको बाल्यकाल चितवनमा बितेको थियो । अध्यनसँगै गोर्खा सैनिकका लागि बेलायत गएका उनले कही वर्षमै सेना पेशा छाडेर पर्वतारोहणमा लागेका हुन् ।


कार्यक्रममा मन्त्री आलेले विश्वमा पर्यटनको उच्च स्थानमा नेपाललाई राख्न पूर्जाको हात हुने भएकाले ब्राण्ड एम्बेस्डर घोषणा सहित उद्योगमै अघि बढ्ने बताए ।


ब्राण्ड एम्बेस्टर ग्रहण गर्दै पर्वतारोही पूर्जाले नेपाल सरकारको उपाधीले प्रचारमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x