एमसीसीमा राजनीति देखिएकाले नेप्सेमा असर
काठमाडौं, १२ फागुन । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन बिहिबार ठूलो अंकले घटेको छ । बजार परिसुचक ५८.९९ अंकले घटेर २ हजार ६ सय ६१.४४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.१७ प्रतिशतले कमी हो ।
कूल २२९ कम्पनीको ६५ हजार ११ कारोबारबाट ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १ सय २९ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६ सय ८९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
अमेरिकी सहायता परियोजना (एमसीसी)मा राजनीति देखिएकाले नेप्सेमा असर परेको शेयर लगानीकर्ता एंव जानकार नवराज अधिकारीले जानकारी दिए ।
साताको पाँच दिनमा तीन दिन घट्दा दुई दिन बजार बढेको छ । एमसीसीसँगै शेयर धितो कर्जाको कडाइको असर बजारमा परेको हो । रानीतिक उथलपुथलले पनि असर पार्ने भएकोले त्यसको प्रभाव शेयर बजारमा परिरहेको छ ।