९० प्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक बर्ष ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका छन्। पुँजीगत बजेट धेरै बिनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समिक्षा गर्दै अर्थमन्त्री शर्माले मध्यावधि समिक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन।
पुँजीगत खर्च ९० प्रतिशत पु¥याउन अर्थ मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन्। बढी पुँजीगत बजेट भएका मन्त्रालयले कम खर्च गरेको र आवको अन्त्यसम्म पनि पुँजीगत खर्च उल्लेख्य मात्रामा गर्न नसक्ने जानकारी दिएका थिए। मन्त्री शर्माले बढी पुँजीगत खर्च भएका मन्त्रालयको प्रगति सन्तोषजनक नहुनु चिन्ताको बिषय भएको बताए ।
अर्थमन्त्री शर्माले बजेट कार्याक्रममा अधिकांश मन्त्रालयल अलमलिन थालेको र स्थानीय तह वा प्रदेशले गर्ने कामसमेत संघीय बजेटमा समावेश गर्ने गरेको बताए। प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने भनेर कार्यक्रम बनाइएको हुन्छ तर बजेट चाँही संघीय मन्त्रालयमा हुन् । यस्तो किन गर्ने ?’ उनले प्रश्न गरे।