एमसीसीमा आफ्नो पार्टीको कुनै लेनदेन नभएको लिङ्देनको भनाई
काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा आफ्नो पार्टीको कनै लेनदेन नभएको बताएका छन् ।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै उनले एमसिसी पारित गर्ने विषयमा आफ्नो पार्टीको कुनै भूमिका नभएको बताएका छन् । अध्यक्ष लिङ्देनले व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालोजस्तो भएको टिप्पणी गरेका छन् ।
साथै उनले एमसीसीका विषयमा अबका दिनहरुमा पनि आफ्नो पार्टीले कुनै सरोकार नराख्ने बताएका छन् । अध्यक्ष लिङ्देनले अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दाबी गरेका छन् ।
उनले राप्रपाले जितेका स्थानीय तहहरूमा फरक मोडालिटी तयार गरिने बताएका छन् । भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि आफ्ना पार्टीबाट जितेका जनप्रतिनिधिहरूलाई मन्दिरमा गएर भ्रष्ट्राचार नगर्ने संकल्प गराइने अध्यक्ष लिङ्देनले बताए ।