Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

चुनावमा २५ हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंक मार्फत गर्नुपर्ने

चुनावमा २५ हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंक मार्फत गर्नुपर्ने

काठमाडौं, ४ चैत । आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले खर्च गर्दा बैंकमा खाता खोलेर गर्नुपर्ने भएको छ । बिहीबार निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो ।

आचारसंहितको बुदाँ नम्बर १५ मा भनिएको छ, ‘उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, त्यस बमोजिम तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने ।’

यस्तै राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्नेछ । जसमा पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *