सुनको मूल्य ८ सयले बढ्यो
काठमाडौं, ८ चैत । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको बढेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रति तोला ९९ हजार ५ सय र चाँदी प्रति तोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार सुनको मूल्य बढेर प्रति तोला १ लाख ३ सय र चाँदीको मूल्य प्रति तोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।