Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भन्सारमा रोकिएका खाना पकाउने ग्यास आउन थाले

भन्सारमा रोकिएका खाना पकाउने ग्यास आउन थाले

काठमाडौं, ८ चैत । ग्यासका ३८ वटा बुलेट भैरहवा भन्सारले प्रवेशमा लगाएको थियो जसलाई आजदेखि प्रवेश गर्न दिन थालिएको छ ।


ढुवानी भाडा नबढाएको भन्दै व्यवसायीले खाना पकाउने ग्यासको कोटा आइतबारबाट माग्न छाडेपछि नेपाल आयल निगमले सोमबार ग्यास बुलेट भन्सारबाट प्रवेशमा रोक लगाएको थियो । ग्यास व्यवसायीले ढुवानी भाडा बढाउने माग पुरा नगरेसम्म ग्यास नउठाउने भन्दै आइतबारदेखि कोटा माग गरेका थिएनन् ।


व्यवसायीले खाना पकाउने ग्यास आयातका लागि कोटा नलिएपछि निगमले ग्यास भरिएको बुलेट भन्सार नाकामै रोकेको बताएको थियो । निगमका कर्मचारी युवराज वाग्लेले व्यवसायीहरुलाई एसएमएस गर्दै कोटा नलिए बुलेट रोक्ने बताएका थिए ।


यस्तै व्यवसायीहरुको आन्दोलनका कार्यक्रम अनुसार १० गतेदेखि लोडिङ नगर्ने, १४ गतेदेखि भन्सार नछुटाउने, १७ गतेदेखि डिलरहरुलाई वितरण बन्द गर्ने र २० गतेदेखि बिक्री बन्द गर्ने निर्णय गरेका थिए । निगमले ग्यास व्यवसायीलाई पत्रचार गर्दै उनीहरुको माग संबोधन गर्न जेठ मसान्तसम्मको समय माग गरेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x