Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु बैंकको मुनाफा ४० प्रतिशतले घट्यो

प्रभु बैंकको मुनाफा ४० प्रतिशतले घट्यो

काठमाडौं, १४ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार प्रभु बैंकको खुद मुनाफा आर्जनमा गिरावट आएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालुु आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन ४०.०२ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन ८६ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा बैंकले ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दामी र संचालन मुनाफामा समेत कमी आएको छ । समिक्षा अवधिमा बंैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद व्याज आम्दामी गरि ९६ करोड ६८ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

बैंकको हाल चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको प्रति शेयर आम्दामी १४.४५ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४२.५२ रुपैयाँ र मुल्य आम्दामी अनुपात १५.२२ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x