काभ्रेको कुशादेवी विहावरमा पर्यटन महोत्सव हुदैं

काठमाडौं, १४ बैशाख । पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा बैशाख १५ गते देखी १७ गतेसम्म काभ्रेको ऐतिहासिक क्षेत्र विहावरमा पहिलो पटक पर्यटन महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालन हुन लागेको महोत्सवमा मुख्य आकर्षक प्याराग्लाइडिङ रहेको छ । उक्त प्याराग्याइडिङ कुशादेवीको नयाँ गाँउस्थित गुर्दुम डाडाबाट कुशादेवि बजारसम्म खेल्ने ब्यवस्था आयोजकले गरेको छ । जसमा ११ बटा प्याराग्लाइडिङहरु सञ्चालन हुने आयोजकले जनाएकोे छ । उक्त क्षेत्रमा हफ म्याराथुन, साइक्लिङ, हाइकिङ ,कञ्चजंङ्गा, माच्छापुच्छ्रे, गौरीशंकर, गणेश, सगरमाथा लगायतका हिमालहरुको समेत दृश्यावलोकन गर्न सकिनेछ ।

तीन दिनसम्म हुने महोत्सवमा उक्त क्षेत्रमा पाइने ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिडोको स्वाद, सिस्नो, गुन्द्रुक, मकैको पिठोका परिकारहरु, त्यस क्षेत्रमा उत्पादित अर्गानिक तरकारी तथा फलफुल प्रर्दशनी साथै खानाका विभिन्न परिकार रहनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *