Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुनचाँदी भयो झनै महंगो

सुनचाँदी भयो झनै महंगो

काठमाडौं, ११ चैत्र । स्थानीय बजारमा शुक्रवार पनि सुनको मूल्य बढेको छ ।

शुक्रबार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । गत साता लगातार घटिरहेको सुनको मूल्य यो साता आइतवार देखिनै बढिरहेकोमा बिहीवार एकै दिन १ हजार १०० रुपैयाँले बढेर १ लाख नाघेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ३०० सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरि, अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रवार सुनको मूल्य बढेको छ । शुक्रवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९५९ दशमलव ९६ डलर पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x