Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुष्प प्रदर्शनी मेलामा ७५ लाखको कारोबार हुने अनुमान

पुष्प प्रदर्शनी मेलामा ७५ लाखको कारोबार हुने अनुमान

ललितपुरको जावलाखेलमा २३ औं फ्लोरा एक्स्पो सुरु भएको छ ।
पुष्प व्यवसायको प्रबद्र्धन, विकास र विस्तार गर्ने उद्देश्यसहित मेला हुन् लागेको हो । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को आयोजनामा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ प्रदर्शनी सुरु भएको हो ।

पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्का साथ लामो समय देखि पुष्प प्रर्दशनी हुँदै आएको छ । मेलामा ६२ वटा स्टल राखिएको छ । मेलामा मौसमी फूल, आलंकारिक बोट विरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण,प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक खेति प्रविधि र जैविक विषादीका प्रर्दनीशी तथा बिक्री कक्ष राखिएको छ । मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरूद्धारा उत्पादित फूल विरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराई पुरस्कृत गरिने छ ।

चार दिन सम्म हुने मेलामा ४५ हजारले अवलोकन गर्ने र ७५ लाख रुपेैयाँ बराबरको कारोबार हुने मेला संयोजक शिवबहादुर खड्काले जानकारी दिए । कोभिडको कारणले कारोबारमा कमी आएको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६–७७ मा २ अर्ब १५ करोडको कारोबार भएकोमा भएकोमा कोभिडको कारणले ०७७–०७८मा कारोबार घटेर १ अर्ब ६३ झरेको छ । मुलुकमा ४३ जिल्लाका १ सय २० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिँदै आएको छ ।

पुष्प व्यवसायमा ९१ प्रतिशत आत्मनिर्भर भएको व्यवसायीको भनाइ छ । मेला सुरुको पहिलो दिनैमा अवलोकनकर्ताको भीडभाड लागेको थियो । एकै ठाउँमा सबै प्रकारका फूलका विरुवासँगै, मल, बीउ पाइने भएकाले पनि ग्राहकको आकर्षण बढी हुने गरेको आयोजको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x