Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध : अर्थमन्त्री बराल

कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध : अर्थमन्त्री बराल

पोखरा, ११ चैत । कोभिडले अर्थतन्त्रमा पारेको असरबाट माथि उठ्न प्रदेश सरकारले सबैसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले बताएका छन् । आइबिएन मिडिया एन्ड रिसर्च र पोखरा उद्योग वाणिज्य संघले शुक्रवार पोखरामा आयोजना गरेको ‘अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री बरालले यस्तो बताएका हुन् ।
कोभिडले अर्थतन्त्रमा ठूलो असर पारेको कुरा सर्वविदित रहेको भन्दै उनले अब यसबाट माथि उठ्नेतर्फ निजीक्षेत्रसँगको सहकार्यमा सरकारले नीति तथा कार्यक्रम सञ्चालित हुने बताए । समस्या अवसर पनि भएकाले यसको सदुपयोग हुन नसक्नुमा सरकार लगायत सम्बद्ध सरोकारवालाको कमजोरी रहेको उनले स्वीकारेका छन् । यद्यपि सबैको साथ, सहयोग र पहलले कोभिडको महामारीलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको उनको भनाइ थियो ।

यसैगरी गण्डकी प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवद्र्धनका सन्दर्भमा आवश्यक सहजीकरणका लागि समेत प्रदेश सरकार उदार रहेको उनले बताए । प्रदेशको दिगो विकास र समृद्धिका लागि एफडीआईको महत्वपूर्ण भूमिका हुने भएकाले यसको प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x