भारतीय इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा
काठमाडौं, चैत ११ । भारती चर्चित ब्राण्ड ओडिसी अटोमोटिभका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु बिक्री शुरु गरेको हो ।
भारतीय उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र आडिसीका संस्थापक करनाकर रेड्डीले बताएका छन ।
इ गो अटोमोटिभको ब्राण्डमा आधिकारीक सो नक्सालस्थित मेरि अट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको छ । यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका मोडेलहरुको बिक्री वितरण हने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताएका छन ।
यस्तै यी ब्राण्डहरु ४० रुपियाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पन सञ्चालक रायमाझीले बताएका थिए । यी मोटरसाइकल तथा स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्टस संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी गराएका छन ।