Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एक लाख म्यादी प्रहरी माग्दा दुई लाख ८९ हजारको आवेदन

एक लाख म्यादी प्रहरी माग्दा दुई लाख ८९ हजारको आवेदन

काठमाडौं, १२ चैत । एक लाख म्यादी प्रहरीका लागि आवेदन आह्वान गरिएकोमा दुई लाख ८९ हजार चार सय एक जनाले आवेदन दिएका छन्। आवेदनको समय शुक्रबार साँझ ५ बजे सकिएको छ।

स्थानीय तहको आगामी निर्वाचनका लागि
चैत ६ देखि भर्ना आवेदन आह्वान गरिएको थियो। आवेदन भरेकामध्ये ५९ हजार चार सय ८९ महिला र दुई जना तेस्रो लिङ्गी पनि रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

अवेदन दिएकाहरुबाट चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *