लाइसेन्सको आवेदन आगामी जेठ १ गतेदेखि मात्रै खुल्ने

काठमाडौं, १२ चैत । यातायात व्यवस्था विभागले लाइसेन्सको आवेदन आगामी जेठ १ गतेदेखि मात्रै खुला गर्ने भएको छ। अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि नयाँ आवेदन लिइने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

आवेदन दिनेको चाप अत्याधिक भएपछि विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चित कालका लागि आवेदन बन्द गरेको थियो। हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *