Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोखरा विमानस्थलको ऋणलाई अनुदानको प्रस्ताव

पोखरा विमानस्थलको ऋणलाई अनुदानको प्रस्ताव

काठमाडौं, १२ चैत्र । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चीनले दिएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न नेपालले चिनियाँ विदेशमन्त्रीलाई प्रस्ताव गर्ने भएको छ । शुक्रबार नेपाल भ्रमणमा आएकाले आज शनिबार हुने दुईपक्षीय छलफलमा नेपालले पहिलो प्रस्तावमा पोखरा विमानस्थलको ऋणलाई अनुदान बनाउने रहेको छ ।

चीनले एक्जिम बैंकमार्फत २ प्रतिशत ब्याजदरमा २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको छ । सो अनुसार विमानस्थल निर्माण भएकाले अनुदानको प्रस्ताव राखिने तयारी भएको अर्थमन्त्रालयले जनाएको छ ।

उक्त ऋण २५ प्रतिशत अर्थात ५ अर्ब ४० करोड रुपैयाँ भने ब्याज नहुने हो ।

तत्कालीन समयमा ब्याज चर्को हुने गरी सम्झौता भएकोले अनुदानको प्रस्ताव गर्न लागेको हो । अहिले पनि विश्व बैंक तथा एसीयाली विकास बैंकहरूले १ प्रतिशतभन्दा कम ब्याजदरमा नेपाललाई ऋण दिँदै आएको छ । सोही कारण नेपालले पोखरा विमानस्थललाई अनुमोदनको लागि जोडबल गर्ने भएको हो । विमानस्थल निर्माण भएपनि अझै ७ प्रतिशत बाकी भएकाले जुलाईभित्रै पूर्ण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पन्न भएसँगै अन्तिम चरणमा छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन चिनियाँ विदेशमन्त्री वाङ यीको यसै भ्रमणमा काठमाडौंबाट गर्ने योजना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x