७ प्रतिशत काम बाँकी हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण
काठमाडौं, १३ चैत । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल सरकारलाई हस्तान्तरण गरे । तर विमानस्थलको ९३ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको कटान सुरु भएकै छैन । ल्याण्डफिल साइट कहा स्थान्तरण गर्ने हो त्यसको पनि टुंगो छैन । तर, निर्माण कम्पनीले चाबी हस्तान्तरण गरिसकेको छ ।
चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सि ए एम सी ले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको थियो ।