नेपाल–भारतबीच सवारीसाधन सञ्चालन गर्न आव्हान
काठमाडौं, १७ चैत । यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ।
विभागले बुधबार एक सूचना जारी गर्दै नेपाल–भारतबीच सञ्चालन हुने सेवा प्रदायकलाई नियमन गर्न सूचीकृत गर्न लागिएको जनाएको छ। काठमाडौं वा देशका अरु शहरबाट भारतका विभिन्न स्थानसम्म १३ रुट निर्धारण गरिएको छ।
एक देशको आधिकारिक सञ्चालकको लागि दिइएको इजाजत अर्को देशमा बहु–प्रवेशको लागि एक वर्षसम्म मान्य हुने र बढीमा पाँच वर्षसम्म नवीकरण हुने बताइएको छ ।