किसानको बारीमै पुग्ने र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभुती हुने गरी बजेट ल्याउँछौं – अर्थमन्त्री


काठमाडौं, १६ चैत । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताएका हुन ।


नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बोल्दै शर्माले भने ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् भन्ने कुरालाई दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित हुने बताएका छन । निर्यात बढाउन उत्पादनको अथाहा संभावना रहेको समेत बताएका छन ।


चालू आबको ८ महिनामा कुल बैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताएका थिए । चालू आबको ८ महिनाससम्ममा निर्यात एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।


‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस बिषयमा सुझाव चाहिएको छ’ भनेर सुझाव समेत मागेका थिए ।


कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताएका थिए । उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताएका थिए ।


कार्यक्रममा अर्थशास्त्रीहरु प्रा. डा. गोबिन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेश गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *