Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्यको नियुक्ति

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्यको नियुक्ति


काठमाडौं, १६ चैत । प्रभु लाइफ इन्स्योरेन्स लि. को चैत १६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।


नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार समालेको बताइएको छ ।


यस अघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले यहि चैत १६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिएको बताएका छन । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x