Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसन लज एण्ड बारमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसन लज एण्ड बारमा छुट

काठमाडौं, २२ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बारबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास भएको बैंकले बताएको छ ।

डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बंैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइएको छ ।

१०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्रहकहरुलाई वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x