एभरेष्ट इन्डष्ट्रिजलाई उत्कृष्ठ निर्यातकर्ता सम्मान
काठमाडौँ, २२ चैत । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७–७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराई लाई सम्मान पत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन्। ।
नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजींग गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत बर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो ।
नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योगअर्जुनधारा नगरपालिका–८, झापा मा स्थापित गरिएको बताइएको छ । उद्योगमा भट्टराई सहितअन्य तिन व्यवसायी सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।