Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

तीन डीआईजीका लागि ३३ एसएसपीको प्रतिस्पर्धा

तीन डीआईजीका लागि ३३ एसएसपीको प्रतिस्पर्धा


काठमाडौं, २४ चैत । नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपिएसँगै डीआईजीमा बढुवाका लागि दौडधुप सुरु भएको छ । बढुवाको क्रममा रहेका एसएसपीहरूले डीआईजी बन्नका लागि दौडधुप थालेका हुन ।


हाल नेपाल प्रहरीमा तीनज डीआईजीको दरबन्दी रिक्त रहेको छ । तीन डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजीमा बढुवा भएपछि उनीहरूको स्थानमा डीआईजी बन्न एसएसपीहरूले सक्रियता देखाएका छन । निर्वाचन आचारसंहिता लाग्नुभन्दा पहिले बढुवा हुन पाए निर्वाचनको कमान्ड समेत गर्न पाउने भएकाले उनीहरू सक्रिय भएको देखिन्छ । उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, संवैधानिक आयोगका प्रमुख, सत्तारूढ दलका नेताहरूसँग आफूलाई डीआईजीका लागि सिफारिस गर्न आग्रह गर्दै आएका छन ।

तीन डीआईजीका लागि तीन ब्याचका ३३ एसएसपी प्रतिस्पर्धामा छन । डीआईजी प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, दीपक थापा, वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, सन्दीप भण्डारी, अशोक सिंह, भीम ढकाल, रामदत्त जोशी, श्याम ज्ञवाली, दुर्गा सिंह, विष्णु केसी, कुबेर कडायत, सुदीप गिरी, राजेश बास्तोला, जनक भट्टराई, केदार ढकाल, यज्ञविनोद पोखरेल प्रतिस्पर्धामा छन ।


डीआईजी बढुवामा उमेशराज जोशी, दीपक थापा, अशोक सिंह, रामदत्त जोशी, श्याम ज्ञवाली, सुदीप गिरी, टेकप्रसाद राईको बढी चर्चा छ । अहिले तीन डीआईजी बने पनि आउँदो वैशाख १९ गतेपछि भने अरूले पनि डीआईजी बन्ने अवसर प्राप्त गर्ने बताइएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले वैशाख १९ मा अवकाश पाउनेछन । उनीसँगै उनका ब्याची एआईजी र डीआईजी पनि अवकाश हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x