Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कानुन मन्त्रीमा गोविन्द बन्दी नियुक्त र दिलेन्द्र बडूको उद्योगमा सरुवा

कानुन मन्त्रीमा गोविन्द बन्दी नियुक्त र दिलेन्द्र बडूको उद्योगमा सरुवा


काठमाडौं, २४ चैत । अधिवक्ता कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) कानुन मन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कानुन मन्त्रीमा नियुक्त गरेका हुन्। । बन्दी कानुन मन्त्रीमा नियुक्त भएसँगै वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।


नेपालको संविधानको ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा कोइरालालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका माननीय मन्त्री दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्री देउवाले सम्हाली आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकीएको छ ।


बन्दीलाई बिहीबार नै मन्त्री पदको शपथ दिलाउने तयारी गरीएको बताइउको छ । गैर सांसद रहेका बन्दी कम्तीमा ६ महिना मन्त्री हुन सक्नेछन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x