सुनको मूल्य २ सयले घट्दा पनि एकलाख बढीमा कारोबार
काठमाडौं, २७ चैत । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आइबारको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ३ सय र चाँदी प्रति तोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार मूल्य घटेर सुन प्रतितोला १ लाख १ सय र चाँदीको मूल्य स्थिर रहि प्रतितोला १३ सय ६५ रुपैयाँमा नै कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।