Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

घटिरहेको शेयर बजारमा वर्षको अन्तिम दिन ‘ब्रेक’

घटिरहेको शेयर बजारमा वर्षको अन्तिम दिन ‘ब्रेक’

काठमाडौं, चैत्र ३० । घटिरहेको शेयर बजारमा वर्षको अन्तिम दिन ‘ब्रेक’, २०७९ साललाई उत्साहप्रद स्वागत गरेको छ ।
मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि शेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको स्टक एक्सचेञ्जले जनाएको छ ।

लगातार घटिरहेको शेयर बजारमा २०७८ सालको अन्तिम दिन भने घट्ने क्रम रोकिएर दोहोरो अंकले वृद्धि भएको छ । वर्षको अन्तिम दिन र बिहीबार नयाँ वर्षको सार्वजनिक बिदा हुने भएकाले कारोबार हुने साताको अन्तिम दिन बुधबार कारोबार रकममा भने खासै उत्साह नदिएपनि अधिकांश कम्पनीको शेयर मूल्य उकालो लागेको छ ।

वर्षको अन्तिम दिन बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको छ । बुधबार कूल २२९ कम्पनीको २८ हजार ९४५ कारोबारबाट १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर किनबेच भएको छ ।

२०७८ बैशाख १ गते नेप्से परिसूचक २६९१.५५ बिन्दुमा रहेको थियो । गत भदौ ३ गते बजार ३१९९ अंकको उच्च बिन्दुसम्म पुगेको स्टक एक्सचेञ्जको तत्थ्यांक छ । त्यसपछि लगातार घटेर बजार २४०० मा आइपुगेको छ । वर्षको अन्तिम दिनको वृद्धिले शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको लगानीकर्ता नवराज अधिकारी बताउछन् ।

मंगलबार भने बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा पुगेको थियो । जहाँ १३ कम्पनीको शेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको थियो ।

त्यस्तै सोमबार ४४.६४ अंकको गिरावट आएको थियो । ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो । सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो । गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो ।

गएको साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो । मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको तत्थ्यांकले देखाउछ । कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको ३५.६६ अंकको वृद्धिले केही राहत मिलेको छ ।

अर्थतन्त्रको अवस्थाले बिग्रिएको शेयर बजारमा फेरिएका राजनीतिक घटनाक्रम र अस्वभाविक निर्णयहरूको प्रभाव परिरहेको विश्लेषक अधिकारीको भनाई छ । बजारले मनोवैज्ञानिक आधार बिन्दुलाई गुमाउँदै जाने हो भने थामिने बिन्दु अझ तल झर्न सक्ने देखिएको उनको दाबी छ ।

बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै कुनै टुंगो लागेको छैन । मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि शेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ ।

विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको अवस्थामा चैतमा थप समस्या परेको अनुमान गरिएको छ । मूल्यवृद्धि बढेको र बैंकहरूले आर्थिक संकट आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनकै भरमा विलासी वस्तु आयतमा रोक लागेको छ ।

यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ । वर्षको अन्तिम महिना भएकाले लगानीकर्ताहरूलाई ब्याजदरको चापमा पर्दा बजारप्रतिको उत्साह कम रहेको अर्थ जानकार नवराज गौतम बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x