सुनको मूल्य एक लाख २ हजारमा स्थिर

काठमाडौं, ४ बैशाख । सुनचाँदीको मूल्य स्थिर रहेर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार मूल्य स्थिर रहि कारोबार भएको हो ।
यस वर्षको कारोबारको पहिलो दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको थियो । बढेको सोहि मूल्यमा नै आज पनि कारोबार भएको छ । आज आइतबार छापावाला सुनमा प्रतितोला १ लाख २ हजार र चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।