Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नयाँ वर्षको पहिलो दिन शेयरमा भारी गिरावट

नयाँ वर्षको पहिलो दिन शेयरमा भारी गिरावट

काठमाडौं, ४ वैशाख । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक नयाँ वर्ष २०७९ सालको पहिलो करोबार नै उच्च अंकले गिरावट आएको छ ।

वर्षको पहिलो दिन आईतबार नेप्से परिसूचक २९.६ अंकले घटेर २३८५.६४ बिन्दुमा रोकिएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कूल २३३ कम्पनीको २९ हजार ४४ शेयर कारोबारबाट रकम १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रूपैयाँ बराबरका ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच भएका छन् ।
२०७८ को अन्तिम कारोबार दिन चैत्र ३० गते बुधबार नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो ।

नयाँ वर्षसँगै शेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले घटेको छ । अन्तिम दिन कारोबार रकम भने खासै धेरै नभएकोले बजार सकारात्मक हुनेमा भने आशंका उत्पन्न भएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि पनि त्यसको बजारमा झनै असर पारेको लगानीकर्ताहरुले जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x