Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनएमबि बैंकको नवौं हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको नवौं हेरिटेज वाक कार्यक्रम


काठमाडौं, ४ वैशाख । एनएमबि बैंकले ३ गते शनिवार एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि समापन हुने नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो ।


समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।


बैंकले सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित उक्त डवली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको बताइएको छ । उक्त कार्यक्रममा हेरिटेज सोसाईटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु पनि हस्तान्तरण गरिएको र सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको बताइएको छ ।

उक्त कार्यक्रममा ंंंंंंनेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x