Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बीच बाटोबाटै फर्कियो लुक्ला उडेको समिट एअरको जहाज

बीच बाटोबाटै फर्कियो लुक्ला उडेको समिट एअरको जहाज

काठमाडौं, ४ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाज बीचबाटोबाटै काठमाडौं फर्केको छ ।
जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज फर्काइएको हो ।

नएएमपी जहाज आज बिहान ११ : ५ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि उडेको थियो । जहाज उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाजको बायाँतर्फ इन्जिनमा समस्या आएपछि जहाज काठमाडौं नै फिर्ता गरिएको बताएका थिए ।
सो जहाजमा १८ जना रहेका थिए, तीमध्ये ३ जना चालक दलका सदस्य र १५ यात्रु मध्ये १० जना विदेशी थिए भने पाँच जना नेपाली यात्रु रहेका बताएको छ ।
जहाजको बायाँ इन्जिनमा समस्या देखिए पनि पाइलटहरूले सिङ्गल इन्जिनकै भरमा जहाजलाई सकुशल अवतरण गरेको प्रवक्ता सिटौलाले जानकारी दिएका छन । जहाजमा रहेका यात्रुलाई अर्को जहाजमार्फत लुक्ला पठाउने तयारी गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x