राष्ट्र बैंकको रिक्त दुई सञ्चालकमा आचार्य र ढुंगानाको नाम सिफारिस
काठमाडौं, ८ वैशाख । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त दुई सञ्चालकका लागि दुई जनाको नाम सिफारिसका गरेको छ।
सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस गर्दै नियुक्तिका लागि सहमति दिन निर्वाचन आयोगमा पठाएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले नियुक्तिका लागि आयोगको सहमति अनिवार्य भएकाले त्यसका लागि पठाइएको बताइएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको नाम तय गरेको हो।