Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

निर्वाचन प्रचार सामग्री उत्पादन र वितरण बन्द गर्न आग्रह

निर्वाचन प्रचार सामग्री उत्पादन र वितरण बन्द गर्न आग्रह

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक प्रचार प्रसार सामग्री उत्पादन तथा विक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न सम्बद्ध सबैमा आव्हान गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सो आव्हान गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आचारसंहिताको दफा ४ को (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था रहेको छ ।”

राजनीतिक दल तथा उम्मेदवारद्वारा प्रचार सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने आयोगलाई सूचना प्राप्त भएकाले त्यस्ता सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न आयोगले सम्बद्ध सबैलाई आव्हान गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *